श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा एक जना पक्राउ

२ असार, डोटी ।

श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा डोटीको आदर्श गाउँपालिका–४ रोडिङका सन्तोष भाट पक्राउ परेकका छन् । जेठ १२ गते राति १२ आफ्नै पसलमा सुतिरहेका बेला स्थानीय २८ वर्षकी लक्ष्मी भाट र उनकी अढाई बर्षीया छोरी अञ्जुमाथि ज्वलनशील पदार्थ छर्की आगो लगाइएको थियो ।

घटनापछि फरार रहेका लक्ष्मीका श्रीमान् सन्तोषलाई प्रहरीले सोमबार कैलालीको त्रिनगर भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले मंगलबार उनलाई जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा राखेको जानकारी दिएको छ ।

उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

आगोले शरीरको आधाभन्दा बढी भाग जलेकी लक्ष्मीलाई दिपायल राजपुरस्थित सु–जङ्ग अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जेठ १७ गते हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको छ । हाल उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि फरार रहेका सन्तोषविरुद्ध लक्ष्मीका दाई तेजेन्द्रबहादुर ठगुन्नाले जेठ १६ गते किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here