कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

२ असार, बाग्लुङ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको बागलुङखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

निरन्तरको पहिराले करिडोरको बागलुङखण्ड अन्तर्गत बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकको माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको र निरन्तरको वर्षात्का कारण पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

यस्तै निरतरको वर्षातका कारण बागलुङदेखि म्याग्दीको बेनी जोड्ने सडक अवरुद्ध भएको छ । बागलुङ –५ कुडुँले नजीकै सडकमाथिबाट आएको पहिराले बागलुङ–बेनी सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here