१ असार, कञ्चनपुर ।
जिल्लामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गुरुङले बालिकालाई ललाइफकाइ पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
गुरुङमाथि जबर्जस्ती करणी कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।