१ असार, सप्तरी ।
पोखरीमा नुहाउन गएकी जिल्लाकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।
महादेवा गाउँपालिका–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् ।
चिप्लिएर पोखरीमा डुब्दा बेहोस भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको छ । (रासस)