आज सातै प्रदेशले बजेट ल्याउँदै

१ असार, काठमाडौं ।

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट सार्वजनिक गर्दैछन् ।

संविधानमै असार १ गते बजेट ल्याउनैपर्ने व्यवस्था भएकाले मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो ।

प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।

हिजो मात्रै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको गण्डकी प्रदेश सरकारले पनि आजै बजेट ल्याउँदै छ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ ।

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैंले बजेट प्रस्तुत गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here