१० महिनामा ८ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

१ असार, काठमाडौं ।

कोरोना महामारीकाबीच विदेशबाट आउने रेमिट्यान्समा राम्रो सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भएको छ ।

यो गत आर्थिक वर्षको वैशाखको तुलनामा १९.२ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here