३१ जेठ, काठमाडौं ।
पेट्रोलियम व्यवसायीको आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खोपको माग गरेको छ । मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग एक लाख ५५ हजार ३ सय ९६ डोज कोरोना खोप माग गरेको हो ।
आइतबार कोभिड १९ सीसीएमसीलाई पत्र लेख्दै मन्त्रालयले अग्रपंक्तिमा खटिने विभिन्न सेवा प्रदायकका लागि कोरोनाविरुद्धको खोप आवश्यक भएको जनाएको हो ।
पेट्रोलियम बिक्री तथा ढुवानी, ट्रक यातायात व्यवसायी, ग्यास बिक्रेता तथा निगमका कर्मचारी लगायतका लागि मन्त्रालयले खोप मागेको जनाएको छ ।
सीसीएमसीलाई लेखेको पत्रमा नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका लागि १० हजार ३ सय ४६, नेपाल ट्रक यातायात व्यवसायी महासंघका लागि एक लाख ४० हजार र ग्यास बिक्रेता महासंघका लागि दुई सय डोज खोप मन्त्रालयले माग गरिएको छ ।
यस्तै निगमको केन्द्रीय कार्यालय तथा अन्तरगतको डिपोका लागि एक हजार, साल्ट ट्रेडिङको लागि १ सय ५० डोज र पेट्रोलियम ट्यांकर चालक संघका लागि तीन हजार सात सय डोज खोप माग गरिएको मन्त्रालयले जनाएको छ ।