३० जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यस अवधिमा झन्डै ४ हजार जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।