कटुवा पेस्तोलसहित एक जना नियन्त्रणमा

३० जेठ, सिरहा ।

सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सिंहलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here