३० जेठ, काठमाडौं ।
मंगल ग्रहमा पठाइएको चिनियाँ यानले त्यहाँबाट विभिन्न तस्वीर पठाएको छ । जसमा त्यहाँ पठाइएको रोबोटले खिचेको एउटा सेल्फि पनि रहेको बिबिसीले जनाएको छ ।
बिबिसीको रिपोर्टमा उल्लेख भएअनुसार चीनको ‘रोवर जुराङ्ग’ रोबोटले आफ्नो वायरलेस क्यामेराको सहायताले आफ्नो तस्वीर खिचेर पठाएको छ । उक्त तस्वीरमा रोवरको दाँयातिर एउटा रकेट पावर प्लेटफर्म देख्न सकिन्छ । दुवैमाथि चिनियाँ राष्ट्रिय झन्डा छ ।
अर्को तस्वीरमा केवल प्लेटफर्म मात्र देखिन्छ । उक्त यानले लिएको तस्वीरमा यान आफूले मंगलको सतहमा उत्रिन प्रयोग गरेको र्याम्प पनि देखिएको छ । रोबोट घुमेपछि मंगल ग्रहको सतहमा बनेको चिन्हको फोटो लिएको छ ।
चिनियाँ रोबोट मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लेनेशिया क्षेत्रमा अवतरण गरेको हो । (बिबिसीबाट अनूदित)