३० जेठ, जनकपुरधाम ।
दातृ निकाय यूएनडीपीले प्रदेश २ सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
यूएनडीपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले शनिबार ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । चन्दले शनिबार मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरे ।
केही दिनअघि मात्रै मुख्यमन्त्री राउतले यूएनडीपीसहित दातृ निकायलाई कोरोना महामारी नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए । सहयोगवापत आएको अक्सिजन कन्सन्ट्रेटर प्रदेशका विभिन्न अस्पताललाई प्रदान गरिने प्रदेश सरकारले जनाएको छ ।