स्वास्थ्य सामाग्री हस्तान्तरण

२९ जेठ, बर्दिया ।

डिसीए नेपाल काठमाण्डौ तथा थारु महिला उत्थान केन्द्र गुलरियाको संयुक्त साझेदारीमा सञ्चालीत आधार परियोजना अन्तरगत कोभीड १९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि बर्दियाको बारबर्दिया नगरपालिकालाई पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

नगरपालिकाको संस्थागत आइसोलेशन, स्वास्थ्य संस्था तथा होम आइसोलशनका लागि करिब ५ लाख ३१ हजार ८ सय रुपैया बराबरको सामग्री प्रदान गरिएको थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती चौधरीले बताइन् ।

नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले आपत र महामारीको बेलामा सहयोगी संस्थाले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग हुने बताए । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here