महाधिवेशनबारे छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

२९ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पदाधिकारी बैठक बोलाएका छन् ।

बैठकमा पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने बताइएको छ । महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले आज पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हो । तर कांग्रेसले अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो नै लगाउन सकेको छैन । हालसम्म झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उजुरी समेत आह्वान गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here