साढे ३ हजारमा कोरोना संक्रमण, ६७ को मृत्यु

२८ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजार ७ सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै उक्त अवधिमा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९ सय २१, ललितपुरमा १ सय ६३, मोरङमा १ सय ५१ तथा नुवाकोट, कास्कीमा ११७÷११७ जना र सुर्खेतमा १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here