२८ जेठ, जनकपुरधाम ।
धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पाँच बालिकाहरु पोखरीमा डुबेका छन् । उनीहरु सबैको मृत्यु पुष्टि भएको छ ।
शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।
बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं,’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने, ‘पोखरीमा खोजी अझै भइरहेको छ ।’
बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम हालसम्म खुलेको छैन । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।