भ्रम फैलाउने अनलाइन समाचार पोर्टल नेपालभर प्रतिबन्ध

?????????????????????????????

२८ जेठ, काठमाडौं ।

भ्रम फैलाउने गरी गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिल नेपालले एक अनलाइनलाई नेपालभर प्रतिबन्ध लगाउनेगरी कारवाही गरेको छ । बिहीबार काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै ‘सगरमाथाडेली डट कम’लाई नेपालभर प्रतिबन्ध लगाउन आग्रह गरेको हो ।

उक्त अनलाइन समाचार पोर्टलले जेठ २२ मा पूर्व सांसद तथा नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीको विषयमा झुटो समाचार लेखेको थियो । ‘भारतीय चेली बनिन् नेपालको मन्त्री’ शीर्षक राखेर समाचार प्रकाशन गरेको थियो । चौधरीको बारेमा आएको यस्तो भ्रमपूर्ण समाचार राख्नेमाथि कारवाही गर्न उनको सचिवालयका तर्फबाट उमेश यादवले काउन्सिलमा उजुरी दर्ता गराएका थिए ।

‘नियमानुसार दर्ता एवं सूचीकरण नभएका वेबपोर्टलबाट भ्रमपूर्ण, अफवाह फैलाउने किसिमका सामग्री सम्प्रेषण भएका साइटका सम्बन्धमा आचारसंहिता अनुगमन उपसमितिबाट ‘‘नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने’’ निर्णय भएको हुँदा तथ्यहीन, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने तर नियमानुसार दर्ता एवं सूचीकरण नभएको देहायको वेबसाइट यथाशीघ्र नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने प्रबन्ध मिलाइदिनुहुन निर्णयानुसार अनुरोध छ,’ प्राधिकरणलाई काउन्सिलले पठाएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here