आयुर्वेद अस्पताल सुर्खेतका दुई चिकित्सक र एक स्वास्थ्यकर्मीमाथि हातपात

२८ जेठ, सुर्खेत ।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रममा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो । डाक्टरहरु सामान्य घाइते छन् । डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको डीएसपी घर्तीले बताए ।

‘तीनजना यूवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु मदिरा सेवन गरेकान छन् । हातपात गर्नुको कुनै खास कारणत देखिँदैन, मदिराले मातिएर यस्तो हर्कत गरेको हुनुपर्छ’, डीएसपी घर्तीले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here