गणेश लामाको गिरफ्तारीप्रति काभ्रे कांग्रेसको भर्त्सना

२८ जेठ, काभ्रेपलाञ्चोक ।

बिहीबार पोखराबाट गणेश लामालाई पक्राउ गरिएकोप्रति काभ्रे जिल्ला कांग्रेसले त्यसको भर्त्सना गरेको छ । प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै जिल्ला काँग्रेसले भर्त्सना गरेको हो ।

काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ (ख) का उम्मेदवार समेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ ।

त्यही प्रतिशोध साध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे काँग्रेसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here