२७ जेठ, काठमाडौं ।
मन्त्रिपरिषदका नवनियुक्त सातै जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले बिहीबार नै पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात उनले सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।
महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।