साढे ३ हजारभन्दा बढीमा कोरोना, ५९ को मृत्यु

२७ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षणमा ८ सय ७५ जना गरी ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४ सय १ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५ सय ९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५ सय ४०, झापामा १ सय ९२, सुनसरीमा १ सय ६६, ललितपुरमा १ सय २५, मोरङमा १ सय ४३ र कास्कीमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा ९९, रूपन्देहीमा ७७, नुवाकोटमा ७६, चितवनमा ७२, कैलालीमा ६३, धादिङमा ६२, लमजुङमा ६१, तनहुँ र नवलपरासीमा ६०÷६० जनामा कोरोना संक्रमित थपिएका छन् ।

काभ्रेपलाञ्चोकमा ५९, उदयपुरमा ५८, धनुषामा ५१, संखुवासभामा ४९, गोरखामा ४६, मकवानपुरमा ४४, सर्लाही, सिन्धुली र रूकुम पश्चिममा ४३÷४३ जना, दोलखामा ३९, सिन्धुपाल्चोक र दाङमा ३८÷३८ जना, रसुवामा ३७ र नवलपरासी पश्चिममा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै खोटाङ र डोटीमा २९÷२९ जना,सिरहा र पाल्पामा २६÷२६ जना, रोल्पामा २५, सुर्खेतमा २४, सप्तरीमा २०, बर्दियामा १८,बाँकेमा १६, महोत्तरीमा १५, कञ्चनपुरमा १३ र रौतहटमा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्याङजा र कपिलवस्तुमा ९÷९ जना, धनकुटामा ८, डडेलधुरामा ७, रामेछाप, जुम्ला र दैलेखमा ७÷७ जना, इलाममा ५, बारा, अर्घाखाँची र दार्चुलामा बैतडीमा ३÷३ जना, तेह्रथुम, भोजपुर, सोलुखुम्बु,प्युठान र सल्यानमा २÷२ जना तथा ओखलढुंगा,पाँचथर, पर्सा, पर्वत, मुस्ताङ, म्याग्दी, गुल्मी, कालिकोट र अछाममा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १ सय १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here