गोरखाका ५ स्थानीय तहलाई ६ एम्बुलेन्स प्रदान गरियो

२७ जेठ, गोरखा ।

जिल्लाका विभिन्न ५ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध जुध्न सहयोग पुर्याउने उद्देश्यले ६ वटा एम्बुलेन्ससहितका स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहलाई एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरेको हो । जिल्लाको आरुघाट गाउँपालिका घर भई पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहलाई उपलब्ध गराएका हुन् ।

गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहका लागि एम्बुलेन्ससमेत गरी करिब १ करोड रुपैयाँ बराबरको सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए ।

त्यस्तै, संस्थाले कोरोना संक्रमणविरुद्ध लड्न सहयोग पुर्याउन ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहलाई उपलब्ध गराएको छ ।

त्यस्तै, ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटरलगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहलाई प्रदान गरिएको उनले बताए । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा १२ लाख रुपैयाँमा खरिद गरिएको संस्थाले जनाएको छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here