विराटनगर अस्पतालमा मोडुलर आइसियू सञ्चालन

२७ जेठ, मोरङ ।

विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सुरु गरेको छ ।

बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले अस्पतालको आईसीयू उद्घाटन गरे । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ ।

मोडुलर आईसीयूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै बिरामीलाई हेर्न सक्नेछन् । मोडुलर आईसीयूमा घरबाटै हेर्न सक्ने गरी कम्प्युटराइज्ड प्रविधिको व्यवस्था गरिएको अस्पतालका इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिए ।

विराटनगर अस्पतालमा विभिन्न विभागका १ सय२ बेड आईसीयू छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here