२७ जेठ, काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै पत्र लेखेका छन् ।
बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका हुन् ।
उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।
सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको उनले सचिवालयले जनाएको छ ।