२६ जेठ, काठमाडौं ।
दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० बच्चालाई जन्म दिएकी छन् ।
बिबिसी रिपोर्टका अनुसार यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्छ ।
३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएपछि विश्व रेकर्ड कायम भएको थियो ।