आर्थिक वृद्धिदर अपेक्षा गरेभन्दा आधा मात्र हुने

२६ जेठ, काठमाडौं ।

विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८÷७९ मा सरकारले अपेक्षा गरेभन्दा झन्डै आधा मात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने देखिएको छ ।

विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो । सन् २०२१ मा दोस्रो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले आगामी आव २०७८÷७९ को बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ ।

विश्व बैंकको पछिल्लो अनुमानअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को आर्थिक वृद्धिदर समेत सरकारले गरेको अनुमानको तुलनामा कम हुने छ ।

चालु आवमा सरकारले चार प्रतिशत हाराहारी आर्थिक वृद्धि प्राप्त हुने संशोधित अनुमान गरेको छ । तर, विश्व बैंकले भने मात्र २.७ प्रतिशत सम्मको वृद्धिको अनुमान गरेको छ ।

सरकारले चालु आवको बजेटबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, यो लक्ष्यलाई गत वैशाखमा केन्द्रीय तथ्यांक विभागले ४ प्रतिशतमा झारेर संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here