२६ जेठ, जनकपुरधाम ।
प्रदेश २ सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुँदैछ । उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र नेपाली कांग्रेसबीच बुधबार भएको सहमतिपछि प्रदेश २ सरकारमा कांग्रेसको सहभागिता सुनिश्चित भएको हो ।
जसपाको तर्फबाट प्रदेश २ का संसदिय दलका नेता तथा मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
कांग्रेसबाट नेता यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ७ः३० बजे तय भएको छ ।
प्रदेश २ सरकारबाट महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेसँगै प्रदेश सरकारले पाँच ओटा मन्त्रालयलाई टुक्र्याएर १० ओटा बनाएको छ ।