एटिएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ

२६ जेठ, उदयपुर ।

जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।

तोडफोडमा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here