साढे ६ हजार संक्रमित निको, ५ हजारमा देखियो कोरोना

२५ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालभर साढे ६ हजार कोरोना संक्रमित निको भएका छन् । यस अवधिमा ५ हजार जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस देखिएको छ भने ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८ सय ७० र ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सय ८३ जना गरी कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ८ हजार ९८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here