मन्त्रीपरिषद् पुनर्गठनका विषयमा सर्वोच्चले माग्यो १५ दिनभित्र सरकारको जवाफ

२५ जेठ, काठमाडौं ।

कामचलाउ सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत दिन आदेश दिएको हो ।

सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका छन् ।

संसद विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै कानून व्यवसायी अदालत पुगेका थिए । सर्वोच्चले मंगलबार उक्त रिटमाथिको सुनुवाइ भिडियो कन्फरेन्सिङमार्फत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here