बौद्धमा भेटियो बोरामा राखिएको शव

२५ जेठ, काठमाडौं ।

बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयले दिएको जानकारीपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘म पनि घटनास्थल पुग्दैछु । केहीबेरमा विस्तृत विवरण थाहा हुन्छ ।’

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here