आज मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

kf]v/fdf d'VodGqLsf] e]nf u08sL k|b]zsf] /fhwfgL kf]v/fdf laxLaf/ ePsf] d'VodGqLx?sf] k|yd e]nfdf af]Nb} k|b]z–& sf d'VodGqL lqnf]rg e§ . t:jL/ M xl/ af:t]fnf, kf]v/f, /f;;

२५ जेठ, धनगढी ।

नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार विश्वासको मत लिँदै छन् ।

विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

एमालेको ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन् ।

माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने तयारी छ ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई सांसद छन् ।

माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरि मुख्यमन्त्री भट्टलाई मतदान गरे विश्वास प्राप्त गर्नेछन् ।

कांग्रेसले अहिलेसम्म पक्ष–विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here