क्यानडामा एकै परिवारका चारको हत्या

२५ जेठ, काठमाडौं ।

योजनावद्ध रुपमा सवारी साधनमा आक्रमण गरी क्यानडाको एकै परिवारका ४ सदस्यको हत्या गरिएको छ । उनीहरु मुस्लिम परिवार थिए ।

अनतारिओ प्रान्तको लण्डन शहरमा आइतबार आक्रमण भएको हो । परिवारका पाँच सदस्य मध्ये ९ वर्षका बालक मात्रै जीवित रहन सफल भएका छन् । उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

२० वर्षीय क्यानडियन युवकमाथि हत्या अभियोगमा पक्राउ गरि मुद्दा दायर भएको छ । क्यानडामा मुस्लिममाथि भएको यो सन् २०१७ यताकै ठूलो आक्रमण हो ।

यस अघि सन् २०१७ मा क्यूवेक शहरको मस्जिदमा भएको आक्रमणमा ६ जनाको ज्यान गएको थियो ।

आइतबार भएको आक्रमणमा मारिएकाहरुलाई मुस्लिम भएकै कारण निशाना बनाइएको हुन सक्ने देखिएको डिटेक्टिभले सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रहरीले यसलाई हेट क्राइम (घृणाका कारण सिर्जत अपराध) का रुपमा लिएको जनाएको छ ।

मारिनेमा ७४ र ४४ वर्षकी महिला, ४६ वर्षका पुरुष तथा १५ वर्षकी किशोरी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here