ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

२४ जेठ, सुस्ता(पूर्व) ।

देवचुली नगरपालिका–२ हमालचोकस्थित सडकमा ना.१ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here