निषेधाज्ञामा भइरहेको विवाह रोक्न जाँदा प्रहरीमाथि ढुंगामुढा

२४ जेठ, गरुडा ।

गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

सोही स्थानका २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका–६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साहलाई पक्राउ गरिएको छ ।

स्थानीय १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा निषेधाज्ञाको समयमा मापदण्ड विपरीत मानिसहरुको उपस्थितिमा डिजे बाजा बजाएको उनीहरुमाथि आरोप छ ।

ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउन पुग्दा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ढुंगामुढा प्रहारबाट घाइते भएका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको झाजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरी कर्मचारीहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here