गाउँका संक्रमितका लागि गाउँमै अक्सिजन सिलिन्डर व्यवस्थापन

२४ जेठ, गोरखा ।

गोरखा भीमसेन थापा गाउँपालिका–१ का युवाहरुले कोरोना संक्रमणबाट संक्रमितका लागि आवश्यक अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छन् ।

स्थानीय थ्रीस्टार युवा क्लबले ‘कोभिड–१९ राहत तथा उद्धार समिति’को नाउँमा यस्तो पहल थालेको हो ।

देशैभर कोरोना संक्रमित बढ्दै गएको बेला चौतर्फी रूपमा सिर्जित अक्सिजनको अभावका कारण आफ्नो गाउँबासीले ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्यका साथ क्लबले तत्काल ५ वटा अक्सिजन सिलिन्डरको व्यवस्था गर्दै थप सिलिन्डर आवश्यक परेमा तुरुन्त उपलब्ध गराउने प्रवन्ध समेत मिलाएको छ ।

भीमसेन थापा गाँउपालिका(१, मसेलमा घर भई विभिन्न कामको सिलसिला देश बिदेशमा रहेका मसेलबासीको आर्थिक सहयोग र थ्रीस्टार क्लबको समन्वयमा सिलिन्डरको अलवा आवश्यक अक्सिमिटर, पीपीई सेट, एन्टिजेन किट, मास्क तथा सेनिटाइजरको समेत व्यवस्था गरिएको छ भने कोभिडका बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको समेत प्रवन्ध मिलाइएको ‘थ्री स्टार युवा क्लब, कोभीड–१९ राहत तथा उद्धार समिति’का संयोजक अञ्जन मग्रातीले जानकारी दिए ।

उक्त अभियानमा करिब ७ लाख रकम संकलन भएको छ । क्लबले मनास्लु अस्पतालका संचालक स्वास्थ्यकर्मी विकास श्रेष्ठको नेतृत्वमा हेल्थ डेस्कको समेत स्थापना गरेको छ ।

उनीहरुले कोरोना संक्रमित विरामीहरुलाई भेटेर स्वास्थ्य सम्बन्धी उचित परामर्श दिइ आवश्यक स्वास्थ्य सामग्री माक्स, सेनिटाइजर, औषधि वितरण समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here