कर्णालीका सामाजिक विकास मन्त्रीको निर्णय : खोपका लागि बजेट विनियोजन

२४ जेठ, सुर्खेत ।

कर्णाली प्रदेशमा नियुक्त भएका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आइतबार पदभार ग्रहण गरेका छन् ।

कोरोना भाइरसको महामारीको समयमा बुढाक्षेत्रीले पदभार ग्रहण गरेसँगै पहिलो महत्वपूर्ण निर्णयका रुपमा कर्णालीका सबै जिल्लामा खोप उपलब्ध गराउन बजेट विनियोजन गरेका छन् ।

कोरोना खोप लगाउने जनसंख्याका आधारमा कर्णालीका सबै जिल्लामा बजेट विनियोजन गरिएको मन्त्री क्षेत्रीले जानकारी दिए । उनका अनुसार रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार १२५, सुर्खेतमा २६ लाख २७ हजार ६२५, दैलेखमा १९ लाख ५२ हजार ५ सय, जाजरकोटमा १६ लाख ९६ हजार ८ सय र डोल्पामा १४ लाख ३५ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, जुम्लाका लागि १२ लाख ८६ हजार, कालिकोटका लागि १६ लाख ३६ हजार ५ सय, मुगुका लागि ९ लाख ७३ हजार १ सय ९० र हुम्लाको लागि १० लाख ५३ हजार १ सय ९० रुपैयाँ विनियोजन गरिएको छ ।

कोरोना खोपका लागि आवश्यक पर्ने ढुवानी खर्च, स्वास्थ्यकर्मीलाई खोपसम्बन्धी तालिम, प्रोत्साहन भत्ता लगायतको खर्च व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here