२४ जेठ, जुम्ला ।
जुम्ला कारागारका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका १५ कैदीबन्दीमा कोरोना देखिएको कारागारका जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए ।
कैदीबन्दीमा ज्वरो आउने, खोकी लाग्ने भएपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेसनमा राखिएको छ ।
कारागारभित्रका दुई महिला र एक सय २१ पुरुष कैदीबन्दी रहेको १५ पुरुष कैदीबदीमा कोरोना संक्रमण देखिएको जेलर पाण्डेले बताए ।
कोरोना संक्रमण पुष्टि भएका ७७ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको र उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पाण्डेले जानकारी दिए ।