प्रदेश नं. २ का महन्थपक्षीय ४ मन्त्री बर्खास्त

२३ जेठ, काठमाडौं ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् ।

उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।

केन्द्रमा केपी ओली सरकारमा सत्ता साझेदारी गरेसँगै राउतले पूर्व राजपाबाट मन्त्री भएका चारै जनालाई हटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here