आयल निगमले बढायो पेट्रोलको मूल्य

२३ जेठ, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढाइएको निगमको भनाइ छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल÷डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

यसअनुसार पेट्रोल प्रतिलिटर मूल्य १ सय २५, डिजेल÷मट्टीतेल १ सय ८ र हवाई इन्धन आन्तरिकतर्फ ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here