विद्युत नियमित नहुँदा स्थानीयलाई समस्या

निरज यादव/प्रदेशपालिका
२२ जेठ, सर्लाही ।

जिल्लामा विद्युत नियमित नभइदिँदा स्थानीयलाई समस्या भएको छ । सामान्य हावा चल्दा पनि विद्युत अवरुद्ध हुन थाले पनि सम्बद्ध निकायको ध्यान पुग्न सकेको छैन ।

जिल्लाभरि नै अहिले सर्वसाधारणले विद्युत् कटौतीका कारण सास्ती व्योहोर्न बाध्य छन् । पटक–पटक विद्युत् आउने जाने हुँदा सर्वसाधारण दिक्क हुन थालेका छन् ।

यसै कारण विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । विद्युत प्राधिकरणमा फोन गर्दा पनि नउठ्ने उपभोक्ता गुनासो गर्छन् । जिल्लाको उत्तरी क्षेत्रस्थित हरिपुर सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा बत्ती गइरहने र मलंगवा वितरण केन्द्रमा बत्ती भएको बेला भोल्टेज नआउने समस्या देखिएको स्थानीयको भनाइ छ ।

रौतहटको चन्द्रपुरबाट आएको ३३ केभीए प्रसारण लाइन करिब १२ किलोमिटर जंगल क्षेत्रमा पर्छ । जसका कारण समान्य हावा चल्दा पनि रूखका हाँगाबिँगाले विद्युत् तारलाई छोइदिँदा समस्या आउने गरेको प्राधिकरणले स्पष्टोक्ति छ ।

तर सर्वसाधारणले यसलाई बहानाबाजीको रुपमा लिएका छन् । जंगल क्षेत्रका तार मर्मत गर्न पनि समस्या हुँदै आएको प्राधिकरणको भनाइ छ ।

सबस्टेसनमा आइपुगेको विद्युत् वर्षा र हावाहुरीका बेला विभिन्न फल्ट भएर उपभोक्ता घरमा पुर्याउन कठिनाइ भइरहेको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here