ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको ज्यान गयो

२२ जेठ, धनुषा

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पर्ताहामा ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

ना४त १६८२ नम्बरको ट्याक्टरमा रा६प २८३२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक दाङ घर भएका २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ घर भएका २४ वर्षीय जीवन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने ट्र्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here