२२ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभरका ८ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् भने ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २ सय ४ पुगेको छ । जसमध्ये ४ लाख ८४ हजार ३ सय ७३ जना निको भएका छन् भने ९२ हजार ९ सय २८ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८६ हजार २ सय ६८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ६ हजार ६ सय ६० जना संक्रमितमध्ये १ हजार ४ सय ५१ जनाको आईसीयूमा र ३ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नयाँ संक्रमितमध्ये ९ सय २३ जना काठमाडौं उपत्यका हुन् ।