नुहाउन गएकी किशोरीलाई बलात्कार प्रयास गर्ने इञ्जिनियर पक्राउ

२२ जेठ, रोल्पा ।

नुहाउन गएकी किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी जवरजस्ती करणी गर्न खोजेको भन्दै पीडित किशोरीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

पीडित पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले जानकारी दिए ।

किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए । त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई बलात्कार गर्न खोजेको पीडिताले प्रहरीसमक्ष बताएकी छन् ।

ती किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए ।

विभिन्न बाहनामा बल्याकमेलिङ गर्ने गरेको समेत पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारले इन्जियनियरले बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here