बलात्कार गरी फरार रहेका ८४ वर्षिय वृद्ध पक्राउ

२२ जेठ, दाङ ।

बलात्कार गरी फरार रहेका दाङका ८४ वर्षीय बृद्ध पक्राउ परेका छन् ।

देउखुरी जिल्ला अदालतबाट जबरजस्ती करणीमा सजाय सुनाइएका फरार घोराही– ४ भकारे निवासी ८४ बर्षीय रामु केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत वर्ष मंसिर २६ गते अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा उनलाई ७ वर्ष ५ महिना ८ दिन कैद सजाय र २ लाख २५ हजार जरिवाना फैसला सुनाइएको थियो । बिहीबार पक्राउ परेका उनलाई शुक्रवार अदालतमा पेश गरि जेल चलान गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here