महतोसहित १० जना ओली मन्त्रीमण्डलमा सहभागी हुँदै, आजै शपथ ग्रहण हुने

२१ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा जनता समाजवादी पार्टि (जसपा)को महन्थ ठाकुर समूहबाट १० जना मन्त्री बन्ने निश्चित भएको छ ।

राजेन्द्र महतोले उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालय पाएका छन् भने शरद सिंह भण्डारीले ऊर्जा तथा जसस्रोत मन्त्रालय पाउने तय भएको छ ।

यसैगरी खानेपानी तथा सरसफाई मन्त्रालय अनिल झाको जिम्मामा परेको छ भने लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी मन्त्रलय सम्हाल्दैछन् ।

बिमल कुमार श्रीवास्तवले श्रम तथा रोजगार मन्त्रालय पाएका छन् । यसैगरी वन तथा वातावरण मन्त्रालय उमाशंकर अरगरियाले सम्हाल्दैछन् ।

चन्दा चौधरीलाई महिला तथा बालबालिका मन्त्रालय दिइएको छ भने रेणुका गुरुङले भने महिला बालबालिका राज्य मन्त्रीको जिम्मेवारी पाएकी छन् । युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व एकबाल मियाँले गर्दैछन् । यसैगरी चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्रीको पद पाउने निश्चित भएको छ । उनीहरुको शपथ ग्रहण कार्यक्रम शुक्रबार नै हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here