फिल्मकर्मीलाई पनि खोप दिइनुपर्ने भन्दै बोर्डले बुझायो स्वास्थ्यमन्त्रीलाई पत्र

२१ जेठ, काठमाडौं ।

नेपाली फिल्म क्षेत्रका तीन हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ ।

बोर्डको कोभिड–१९ व्यवस्थापनको जिम्मेवारी पाएका बोर्ड सदस्य राज कट्वालले यस्तो मागसहितको पत्र मन्त्रालयमा बुझाएका हुन् । उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पत्र बुझाएका छन् ।

फिल्मकर्मीलाई खोप लगाउन मन्त्रालय सकारात्मक रहेको देखिएको उनको भनाइ छ । खोपबारे छलफल गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार फिल्मकर्मीलाई मन्त्रालयमा बोलाएका छन् ।

मन्त्रीसँगको भेटमा फिल्मकर्मीलाई खोप लगाउन पहल गरिने र कोभिड–१९ रोकथाममा फिल्मकर्मीको भूमिकाबारे छलफल हुने सदस्य कट्वालले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here