चीनको गान्सुमा रेल दुर्घटना हुँदा ९ जनाको ज्यान गयो

(File photo)

२१ जेठ, काठमाडौं ।

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५.२५ बजे रेल दुर्घटना भएको हो ।

प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here