नेपालसहितका देशलाई खोप उपलब्ध गराउने अमेरिकी राष्ट्रपतिको घोषणा

२१ जेठ, काठमाडौं ।

अमेरिकाले नेपालसहितका देशलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले यसको जानकारी ट्वीटमार्फत दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको वक्तत्वमा पहिलो चरणमा २.५ करोड करोड डोज खोप वितरण गर्न लागिएको जानकारी दिइएको छ । यसमध्ये ७५ प्रतिशत अर्थात् १.९ करोड डोज खोप कोभ्याक्सको माध्यमबाट वितरण गरिने बताएको छ ।

यसमध्ये ६० लाख डोज ल्याटिन अमेरिका, ७० लाख डोज दक्षिण र दक्षिण पूर्वी एसियामा र ५० लाख डोज खोप अफ्रिकामा वितरण गरिनेछ । बाँकी ६० लाख डोज अमेरिकाले कोरोना महामारीको गम्भीर चपेटामा रहेका राष्ट्र, छिमेकी र पार्टनरहरुलाई वितरण गर्ने बताइएको छ ।

अमेरिकाले जुन महिनाको अन्त्यसम्ममा ८ करोड डोज खोप वितरण गर्ने जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अमेरिकाले खोप सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here