मधेसी पहिचानका लागि लड्नुपर्ने सन्देशसहित नेता झाले ल्याए नयाँ गीत

२० जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले ‘उठु मधेसी जागु मधेसी’ गीत सार्वजनिक गरेका छन् ।

राइजिङ मिडिया नेटवर्क नेपाल नामक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको छ । गीतमा झाकै शब्द, संगीत र स्वर रहेको छ ।

मधेसी पहिचानका लागि हरेक मधेसी जागरुक हुनुपर्ने र अधिकारका लागि उठ्नुपर्ने गीतको सन्देश छ । जसपा फुट्ने तरखरमा रहेका बेला एकतामा बाँधिनुपर्ने भाव गीतमा व्यक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here