बाँकेमा उपचाररत ७ संक्रमितको मृत्यु

२० जेठ, बाँके ।

जिल्लाका विभिन्न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार ७ः३० बजे साँझदेखि बिहीबार दिउँसो २ः३० बजेसम्म यी संक्रमितको मृत्यु भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १÷१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् ।

भेरी अस्पतालमा उपचार गराइरहेका बढैयाताल गाउँपालिका–२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ ७ः३० बजे र बढैयाताल गाउँपालिका–३ बर्दियाकै ५५ वर्षीय पुरूषको बुधबार राति ११ः ४० बजे मृत्यु भएको छ ।

यस्तै बाँसगढी गाउँपालिका– ६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो २ः३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बुधबार राति १०ः२० बजे मृत्यु भएको छ भने आठबीस नगरपालिका–४ दैलेखकी ३० वर्षीया महिलाको बुधबार राति ११ः५५ बजे मृत्यु भएको छ ।

यस्तै कालिमाटी गाउँपालिका–१ सल्यानका ३७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार विहान ८ः३० बजे मृत्यु भएको छ भने बाफिकोट–४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०ः१५ बजे मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २ सय ९६ पुगेको छ भने अन्य जिल्ला बाहिरका ३ सय २ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here